समाजसेवी तथा भुपु बिद्यार्थी माधब बराल छोरेपाटन माबिद्वारा सम्मानित - शैक्षिक संसार

अपडेट


Tuesday, January 2, 2024

समाजसेवी तथा भुपु बिद्यार्थी माधब बराल छोरेपाटन माबिद्वारा सम्मानित



पोखरा । पोखरा १७ पार्दी,बिरौटा निवासी समाजसेवी, माधब बराल छोरेपाटन माबिको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसका अबसरमा सम्मानित भएका छन् ।

छोरेपाटन माबिमा २०३५ देखि २०४२ सालसम्म अध्ययन गरेका बरालले भुपु विद्यार्थी मञ्चको संस्थापक सल्लाहकार भइ २०६० देखि नै सक्रिय रुपमा समाजसेवामा लागेका हुन । उनले विद्यालयमा १ लाख १ हजार १ सय ११ रुपैया राशीको तुलसी स्मृति अक्षयकोष स्थापना गरेका छन् ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले दोसल्ला, सम्मान पत्र द्वारा मंगलबार सम्मान गरेका थिए ।

त्यस्तै उनले गुप्तेश्वर महादेव गुफा र छोरेपाटन माबिले संयुक्त रुपमा लगानी गरेर खरिद गरेको पोखरा १७ डेभिज फल नजिकैको १० आना जग्गा बिद्यालयलाई दान दिएका थिए ।

विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील बरालले विद्यालयले गरेको सम्मानले सामाजिक कार्यमा अझ सक्रिय भएर लाग्ने प्रेरणा मिलेको बताउनु भयो ्।

No comments:

Post a Comment