प्रदेश अध्यक्षमा जगन्नाथ अधिकारीको सम्भावना - शैक्षिक संसार

अपडेट


Wednesday, January 3, 2024

प्रदेश अध्यक्षमा जगन्नाथ अधिकारीको सम्भावना

 


                                                                     जगन्नाथ अधिकारी

नेपाल राष्ट्रिय शिक्षक संगठनले बिभिन्न प्रदेशमा आफ्नो प्रदेश अधिवेशन सम्पन्न गरी पदाधिकारी समेत चयन गरिसकेको छ । यसैक्रममा गण्डकी प्रदेश अधिवेशन यही पाैष अन्तिम साता सम्पन्न गर्ने गरी तयारी गरेको छ । प्रदैश अधिवेशनको लागि गण्डकी प्रदेशका ११ जिल्लाबाट प्रतिनिधि चयन गर्ने काम  हुँदै छ । गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्की जिल्लामा प्रतिनिधि हुन चाहना गर्ने धेरै होलान । राजधानी समेत रहेको जिल्लाले अध्यक्ष पद दावी गर्न सक्ने भएको हुँदा पनि आकाँक्षीको संख्या धेरै देखिएको अनुमान गर्न सकिन्छ , हुन त कास्की बाहेकका अन्य जिल्लाबाट पनि अध्यक्षका दावेदार नभएका होइनन् नेकपा एमालेको पार्टी अधिवेशनमा जस्तो पिएस र केआर गुठ हावी भएमा पिएसको गुठको विजय सुनिश्चित जस्तै देखिन्छ ,त्यस्तो अवस्था आएमा लम्जुङ्ग जिल्लाले बाजी मार्ने देखिन्छ , मध्य बिन्दुको खोजिहुन गयो भने वर्तमान अध्यक्ष नै दोहोरिने सम्भावना पनि देखिन्छ ।

कास्की जिल्लाका आकांक्षीको व्यवस्थापन कसरी हुन्छ समयले बताउला। प्रदेश, जिल्ला र पालिका स्तरका पदमा आकांक्षीको व्यवस्थापन गर्न नेतृत्व लागि परेको छ । जिल्ला  संगठनकोअध्यक्ष , महासंघमा संगठनले पाउने पद, र पाँचवटै पालिकाकाअध्यक्षमा व्यवस्थापन गरिने सम्भावना देखिन्छ । जिल्ला अध्यक्षमा अहिलेसम्म दावेदार देखिएकामा वर्तमान उपाध्यक्ष द्वय हर्क लामिछाने, बसन्धरा पाैडेल , शिक्षक महासंघका अध्यक्ष बोधराज पाैडेल र महासंघकै सहसचिव गोविन्दप्रसाद सापकोटा छन् । गण्डकी प्रदेश अध्यक्षको लागि सशक्त उम्मेदवारमा असल छवि भएका, कस्केली शिक्षकको मन जित्न सफल र विगतमा विभिन्न पदमा रही ईमान्दारी पूर्वक आफ्नो जिम्मेवारी पूरा गरेका कुसल प्रधानाध्यापक जगन्नाथ अधिकारी  छनाैट हुन सक्ने सम्भावना देखिन्छ  तर अधिकारी सर्वसम्मत भएमा मात्र आफू अध्यक्ष बन्ने , निर्वाचन नै हुने स्थिति आएमा आफू  उम्मेदवार नबन्‍ने बताउनु हुन्छ ।

No comments:

Post a Comment