- शैक्षिक संसार

अपडेट


Tuesday, January 28, 2020

महासंघका दुई नेताको नाम सदर


नेपाल शिक्षक महासंघका दुई जना शिक्षक नेतालाई मात्र काजमा राख्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सिफारिस गरेको छ ।
महासंघले चार जना शिक्षक नेतालाई काजमा राख्न अनुरोध गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेको थियो । मन्त्रालयले निर्णयका लागि केन्द्रलाई लेखिपठाएको थियो । 
केन्द्रले शिक्षा ऐनमा दुई जनामात्र शिक्षकलाई काजमा राख्न मिल्ने भएकाले दुई जनाको नाम सिफारिस गरेर फाइल आज शिक्षा मन्त्रालयमा फिर्ता पठाइदिएको छ ।
केन्द्रका महानिर्देशक बाबुराम पौडेलले शिक्षा ऐन विपरीत निर्णय गर्न नमिल्ने भएकाले दुई जनाको नाममात्र सिफारिस गरिएको जानकारी दिए ।
केन्द्रले अध्यक्ष र महासचिवलाई मात्र काजमा राख्न मिल्ने निर्णय गरेको छ ।
महासंघले अध्यक्ष बाबुराम थापा (रुद्रायणी मावि ललितपुर), सहअध्यक्ष पूर्णप्रसाद दवाडी (नारायणी मावि चितवन), महासचिव लक्ष्मीकिशोर सुवेदी (त्यौड मावि, काठमाडौँ) र उपमहासचिव अर्थ शेरबहादुर अधिकारी (जनप्रिय मावि, जाजरकोट)लाई काजमा राख्न मन्त्रालयसँग अनुरोध गरेको थियो ।https://edupatra.com/news/the-names-of-the-two-leaders-of-the-federation/

No comments:

Post a Comment