- शैक्षिक संसार

अपडेट


Saturday, January 25, 2020

विद्यालयले सूचना लुकाएर पदपूर्ति गरेपछि स्थानीयद्वारा विरोध



सुभेन्द्र दास, लहान ।
सिरहाको भगवानपुर गाउँपालिकामा रहेको लनाकु मावि नहराले गोप्य विज्ञापन प्रकाशन गर्दा स्थानीयले व्यापक विरोध गरेको छ ।
गोप्य रुपमा शिक्षक तथा कर्मचारी आवश्यकताको विज्ञापन प्रकाशन गरी अनियमिता गर्न खोज्दा स्थानीयले विरोध जनाएको छ । विद्यालयका प्रअले सरकारी मापदण्डमा नपरेको तथा वर्गिकरण भन्दा बाहिर रहेको सँचार माध्यममा सूचना प्रकाशित गरी सार्वजनिक नगरेको आरोप लगाउँदै स्थानीयले विरोध जनाएको छ ।
विद्यालयले पौष १८ गतेको मितिमा सूचना प्रकाशित गरेर पत्रिका लुकाएर राखेको आरोप लगाएको छ । सूचनाको अवधि समाप्त हुन तीन दिन बाँकी मात्रै रहेको बेला विद्यालय व्यवस्थापनपक्ष र प्रअबीच आन्तरिक लेनदेनमा शिक्षक तथा कर्मचारी भर्नाको सवालमा विवाद भएको थियो । विवाद हुँदा गोप्य सूचना सार्वजनिक भएको स्थानीय श्रीचन पासमानले बताए । श्रीचन पासमानलगायत स्थानीयले विज्ञापन प्रकाशन अनियमिता तथा सार्वजनिक नभएको भन्दै गाउँपालिकामा निवेदन दिएको छ । योसँगै श्रीचन पासमानलगायतले पूर्नरावेदन अदालतमा समेत रिट निवेदन दिएको छ ।
प्रकाशित विज्ञापनमा माध्यमिक तह शिक्षक दूई जना, उच्च मावितह शिक्षक एक जना र लेखापाल एक जना माग गरिएको थियो । गोप्य विज्ञापन गरी व्यवस्थापक समिति र प्रअले आफ्ना नातेदारलाई भर्ना गर्ने योजना बनाएको थियो ।

No comments:

Post a Comment