- शैक्षिक संसार

अपडेट


Sunday, February 9, 2020

सीपमुलक शिक्षा सरकारको प्राथमिकतामाः मन्त्री पोखरेल

शिक्षा |

राष्ट्रिय |


2020-02-09-8439


जनार्जन खत्री
सर्लाही, माघ २६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा परिवर्तन र सुधारका लागि व्यवस्थित खालको अभियान चलाउनु पर्नेमा जोड दिनुभएको छ ।
आइतबार सर्लाहीको हरिपुर नगरपालिका–२, सानो जगतपुरमा रहेको आधारभूत विद्यालयलाई सर्लाही–काडमाण्डौं मञ्चद्धारा शैक्षिक सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले अहिलेको शिक्षाले देशमा बेरोजगारी बढाउँदै लगेको तर्क गर्नुभयो । मन्त्री पोखरेलले १२ कक्षा पढेको विद्यार्थीले एउटा सीप सिकेकै होस् भन्ने उद्देश्यले बाली विज्ञान, पशु विज्ञान, इन्जिनियरिङ, आयूर्वेद, जडिबुडी जस्ता विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले स्थानीय राजनीतिक दल, समाजसेवी र शिक्षा क्षेत्रमा काम गर्नेहरुलाई सामेल गरी स्थानीय सरकारले विद्यालयहरुको सुक्ष्म ढङ्गले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । भौतिक विकासलाई मात्रै विकास ठान्ने गरिएको भन्दै मन्त्री पोखरेलले वास्तविक विकास शिक्षा कस्तो छ ? भन्ने कुराले निर्धारण गर्ने उल्लेख गर्नुभयो । शिक्षा मन्त्री पोखरेलले तीनै तहको सरकारबीच समन्वय गरी शिक्षकको अभाव चाँडै पदपूर्ति गर्ने दावी गर्नुभयो ।
शिक्षकहरुलाई इमान्दार भएर पेशागत भूमिका निर्वाह गर्न पनि मन्त्री पोखरेलले आग्रह गर्नुभयो । कार्यक्रममा सर्लाही–काठमाण्डौं सम्पर्क मञ्चले विद्यालयलाई एक लाख रुपियाँ नगद, एक थान डेक्सटप कम्प्यूटर, एक थान ल्यापटप, एक थान प्रोजेक्टर, १६० थान विद्यालय झोला, १ हजार आठ थान कापी, आठ सय थान बलपेन र विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
मञ्चका अध्यक्ष सन्तोष दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी, प्रदेशसभा सदस्य बेची लुङ्गेली, हरिपुर नगरपालिकाका प्रमुख जमरुद्धिन मन्सुर लगायतले मन्तव्य राख्नुभयो ।

No comments:

Post a Comment