- शैक्षिक संसार

अपडेट


Tuesday, March 9, 2021

 एउटा समय सान्दर्भिक विषयको उठान भएछ यसको अनुसरण देशै भरिका बिभिन्न तहका स्थायी शिक्षकहरुले गर्नु पर्ने देखियो-

नेपालमा १७ ,१८ प्रकारका शिक्षकहरु भएको प्रसङ्ग शिक्षक नेताहरुले आफ्नो दुनो सोझाउने क्रममा भाषण गर्ने गरेको हामीलाई थाहा छ तर त्यसलाई मुर्तता दिएर समस्याको समाधान गरेमा आफ्नो खेल नहुने भएको हुँदा क्लाईमेक्समा पुगेपछि कानढाल्छन , बालविकास,विद्यालय कर्मचारी,राहत,तत्कालिन उच्च मा वि शिक्षकका समस्याको बारेमा गोहीका आँसु झार्छन त्यसै गरी कसैको नजरमा नपरेको सरकारको ढिला सुस्तीको कारण (शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्त नहुँदा ) पिडित शिक्षक स्थायी शिक्षक हो । ग्रेड,श्रेणी बढुवा, तहगत बढुवा लगायतका समस्या क्रियासिल शिक्षकका पेसागत संस्थाबाट समाधान गर्न पहल नभएको र यसैक्रममा गठन भएको स्थायी शिक्षक हकहित मञ्चबाट समेत वास्ता नगरेको कारण पीडित शिक्षक नै आफ्ना माग पुरा गराउन उठ्नु पर्ने बाध्यतात्मक अवस्थामा सर्लाही जिल्लाका प्राथमिक तहका शिक्षकले थालेको कदम सह्राहनीय छ, यसको अनुसरण देशै भरिका स्थायी शिक्षकहरुले गर्नु उपयुक्त देखिन्छ । त्यसकारण आफ्ना समस्या समाधन हेतु सम्पूर्ण स्थायी शिक्षक उठ्नु पर्ने देखिन्छ




No comments:

Post a Comment