शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट गरिएको मूल्याङ्कनको आधारमा कास्कीको विन्ध्यवासिनी मावि उत्तम - शैक्षिक संसार

अपडेट


Thursday, September 8, 2022

शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट गरिएको मूल्याङ्कनको आधारमा कास्कीको विन्ध्यवासिनी मावि उत्तम

 शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट गरिएको मूल्याङ्कनको आधारमा कास्कीको विन्ध्यवासिनी मावि उत्तम



शैक्षिक गुणस्तर परिक्षण केन्द्रबाट लगानी, प्रक्रिया र उपलब्धीका ३ ओटा क्षेत्रका ७९ ओटा सूचकमा आधारित रही विज्ञबाट स्थ्लगत अध्ययन गरिएका ४८६७ विद्यालय मध्य ५ ओटा विद्यालयले ९०% भन्दा बढी नतिजा ल्याएका छन् ।
केन्द्रले विद्यालयको नतिजा विश्लेषणको क्रममा विद्यालयले प्राप्त गरेको कार्यसम्पादन प्राप्ताङ्क (मेरिट) का आधारमा विद्यालयहरुको श्रेणीकरण गरिएको जनाएको छ । विन्ध्यवासिनी मावि पोखरा- १६ ले ९४.५९ अंक प्राप्त गर्दै उत्तम विद्यालयको श्रेणीभित्र पर्न सफल भएको छ ।दोस्रो कञ्चनपुरको भानु मावि ९०.७४ अंक , भक्तपुर दरबार स्क्वायरको पद्यम उच्च मावि ९०.५७ अंक सहित तेस्रो र काभ्रेपलाञ्चोक मंगलटारको मंगल जनविजय मावि ९०.०९ सहित चौथो स्थानमा र ९० अंक सहित रुपन्देही कालिकानगरको कालिका मानव ज्ञान प्रा.वि. पाँचौ भएको छ ।
शैक्षिक गुणस्तर परिक्षण केन्द्रले कुल प्राप्ताङ्कका आधारमा ४०% भन्दा कम ल्याउनेलाई कमजोर, ४० देखि ७०% भन्दा कमलाई सामान्य, ७० देखि ९०% भन्दा कमलाई मध्यम र ९०% देखि माथिलाई उत्तम श्रेणीस्तर रुपमा विद्यालयको स्तर निर्धारण गरेको थियो

No comments:

Post a Comment